ठूला दल एकै ठाउँमा भए पनि कसैलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला

<p>काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल एमाले र कांग्रेस एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । जनताले सुशासनको अनुभुति गर्ने गरी सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल एमाले र कांग्रेस एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।

जनताले सुशासनको अनुभुति गर्ने गरी सरकारले काम गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकोले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा पनि उनको राय थियो ।

‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स हुनपनि सक्छ,’ उनले भने ।

आफ्नो पार्टी सरकारमा छ त्यसैले उनीहरूले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्न नहुने उनको तर्क थियो । यदि मन्त्रीहरूले गलत काम गरे तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह समेत गरे ।

‘जनभावना विरोधी काम गर्ने छुट प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ,’ उनले भने ।

बिपी कोइरालाको ४२औं स्मृति दिवसको अवसरमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले बिपी कोइरालाको सिद्धान्तअनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिँड्न नसकेको बताए ।

‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पूर्वको साथीलाई दुख्थ्यो, पूर्वको साथीको पिडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफूलाई बिपीका अनुयायी भन्छौं, तर स्वार्थमा परेर आफू–आफुमै लड्छौं, बिपीले त यस्तो कहिल्यै सिकाउनुभएन, हिजोको त्यो आत्मियता कहाँ गयो ?,’ कोइरालाले प्रश्न गरे ।

Share News