रुकुम पश्चिमका भूकम्पपीडितलाई १८ लाख सहयोग

<p>रुकुम पश्चिम । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुम पश्चिमले भूकम्पपीडित सदस्यलाई १८ लाख रुपैयाँ सहयोग गरेको छ । संस्थाले आज आयोजना गरेको राहत वितरण कार्यक्रममा संस्थामा आबद्ध भूकम्पपीडित सदस्यलाई १० हजार रुपैयाँका चेक हस्तान्तरण गरिएको हो । जिल्लाका आठबीसकोट र मुसिकोट नगरपालिका तथा त्रिवेणी गाउँपालिकाका गरी एक सय ७९ जना संस्थामा [&hellip;]</p>

रुकुम पश्चिम । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसिकोट रुकुम पश्चिमले भूकम्पपीडित सदस्यलाई १८ लाख रुपैयाँ सहयोग गरेको छ ।

संस्थाले आज आयोजना गरेको राहत वितरण कार्यक्रममा संस्थामा आबद्ध भूकम्पपीडित सदस्यलाई १० हजार रुपैयाँका चेक हस्तान्तरण गरिएको हो ।

जिल्लाका आठबीसकोट र मुसिकोट नगरपालिका तथा त्रिवेणी गाउँपालिकाका गरी एक सय ७९ जना संस्थामा आबद्ध सदस्यलाई १० हजारका दरले १७ लाख ९० हजार सहयोग गरिएको कालिका लघुवित्त वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत फनिन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार भूकम्पप्रभावित क्षेत्रका सदस्यलाई आर्थिक रुपमा केही सहज होस् भन्ने उद्देश्यले नगद सहयोग गरिएको हो ।

कालिका लघुवित्तले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सदस्यलाई सहयोग गरेको पाण्डेले बताए ।

सामाजिक उत्तरदायित्व कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले जनाए ।

Share News