काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले पूर्वकर्मचारीहरूलाई संस्थामा सम्पर्क आउन आग्रह गरेको छ । लघुवित्तले एक सूचना प्रकाशन गरी विभिन्न ३ जना पूर्वकर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।
लघुवित्तले पूर्वकर्मचारी दिपक कुमार यादव, दुर्गा प्रसाद पण्डित र देव कुमार मगरलाई सम्पर्कमा आउन आग्रह गरेको हो । साथै पूर्वकर्मचारी यादव, पण्डित र मगरलेले संस्थामा आवद्ध रहँदा आर्थिक हिनामिना गरेको आरोप लघुवित्तले लगाएको छ । उक्त रकम भुक्तानी गर्न पटक–पटक विभिन्न माध्यमबाट ताकेता गरेको भएपनि अटेर गरेको लघुवित्तले जनाएको छ ।
रकम भुक्तानी गर्न आनाकानी गरेको हुदाँ यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सबै रकम चुक्ता गरी हिसाब राफसाफ गर्न लघुवित्तले सूचित गराएको छ । यदि सो अवधिमा रकम भुक्तानी गर्न नआए कानुनी प्रक्रियामा जाने लघुवित्तले चेतावनी दिएको छ । साथै निजहरूका व्यक्तिगत जमानीकर्ताहरुलाई समेत जानकारी गराएको छ ।
