काठमाडौं । चुरोटमा प्रयोग हुने पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन सरकारलाई उद्योग समितिले निर्देशन दिएको छ ।
बिहीबार बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । समिति बैठकमा बोल्दै सभापति अब्दुल खानले चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा ट्याप्लेटहरु जस्ता नशालु पदार्थहरुले मानव स्वास्थ्यमा गम्भिर असर पारेको र विभिन्न रोगबाट पीडित भएकाले नशालु पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिए ।
उनले नेपालमा सुर्तिजन्य पदार्थको प्रयोगबाट जनस्वास्थ्यमा पर्ने नकारात्मक प्रभावलाई न्युनिकरण गर्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई सुझाव दिने पनि बताए ।
‘चुरोडमा प्रयोग हुने फलेभर, क्याप्सुल तथा ट्याप्लेटहरु जस्ता नशालु पदार्थहरुले मानव स्वास्थ्यमा गम्भिर रोगबाट पीडित भएकाले नशालु पदार्थहरुको उत्पादन आयात तथा प्रयोगमा रोक लगाउन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिन्छौं’, उनले भने ।
उनले नेपालमा सुर्ती गुड्का र सो सम्बन्धि कच्चा पदार्थहरुको आयात तथा निर्यातको विवरण समितिलाई उपलब्ध गराउन सरकारलाई निर्देशन दिए ।