काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले अहिले नेपाल राष्ट्र बैंकमा विदेशी मुद्राकाे थुप्राे लागेकाे बताएका छन् ।
बिहीबार काठमाडौंमा रास्वपाले आयोजना गरेको ‘नीति मन्थन’ (मौद्रिक नीतिबारे अन्तरक्रिया) कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालकै इतिहासमा यति धेरै विदेशी मुद्राको थुप्रो राष्ट्र बैंकमा लागेको सायद पहिलोपटक होला ।’
अर्थविद्समेत रहेका डा. वाग्लेले अर्थतन्त्रका वित्तीय र मौद्रिक गरी दुई पांग्रा हुने र त्यसैले वाह्य तथा आन्तरिक पाटाहरूलाई डोर्याउने तर्क गरे । यसै कारणले मौद्रिक नीतिमा सबैको ध्यान जाने उनले बताए ।