नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न चाहन्छु : नेता कोइराला

<p>काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् । बुधबार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताए । महिलाहरुमा समाजलाई डोर्याउनसक्ने क्षमता हुने बताए [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गरेका छन् ।

बुधबार काठमाडौंको धापासीमा नेपाल महिला संघ केन्द्रिय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न आफूले चाहेको बताए । महिलाहरुमा समाजलाई डोर्याउनसक्ने क्षमता हुने बताए । महिलाहरुलाई हरेक कुरामा अघि सार्न जरुरी रहेको जानकारी दिए ।

उनले आफूले अहिलेसम्म ४ पटक निर्वाचन जितेको र त्यो सबै महिलाहरुको साथ र सहयोगकै कारण जितेको बताए । महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत अधिकार दिनुपर्ने बताए ।

‘म त चाहन्छु की महिला प्रधानमन्त्री होस् भनेर, अब आउँदो दिनमा मलाई लाग्छ महिला प्रधानमनत्री तपाईंहरुले पाउनु हुन्छ, महिला प्रधानमन्त्री भयो भने के हुन्छ भने पुरुषहरुको पनि नेतृत्व गर्ने क्षमता हुन्छ, समाजलाई डोर्याउन सक्छ, महिलासँग सम्पूर्ण जीवनको साँचो हुन्छ’, उनले भने ।

उनले महिलाहरुलाई देशको नेतृत्व गर्नसक्ने गरी सक्षम बन्न आग्रह गरे ।

Share News