बंगलादेशमा हिंसा भड्किएपछि नेपाली विद्यार्थीलाई बाहिर ननिस्कन दूतावासको आग्रह

<p>काठमाडौं । बंगलादेशमा कोटा विरोधी आन्दोलन चर्किएपछि नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरूलाई सुरक्षित हुन र काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । बंगलादेशका लागि नेपाली दूतावासले बधबार जारी गरेको सूचनामा बंगलादेशको शिक्षा मन्त्रालयले अर्को सूचना जारी नगरेसम्म सबै सरकारी, नीजि विश्वविद्यालयहरू तथा कलेजहरू बन्द हुने पनि जानकारी दिएको छ । दूतावासले जारी गरेको सूचनामा उल्लेख [&hellip;]</p>

काठमाडौं । बंगलादेशमा कोटा विरोधी आन्दोलन चर्किएपछि नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरूलाई सुरक्षित हुन र काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ ।

बंगलादेशका लागि नेपाली दूतावासले बधबार जारी गरेको सूचनामा बंगलादेशको शिक्षा मन्त्रालयले अर्को सूचना जारी नगरेसम्म सबै सरकारी, नीजि विश्वविद्यालयहरू तथा कलेजहरू बन्द हुने पनि जानकारी दिएको छ ।

दूतावासले जारी गरेको सूचनामा उल्लेख छ, ‘बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।’

अवस्था प्रतिकूल भएका दूतावासको ८८०१८८०६९१०१३ र ८८०१७४५४०७९५८ नम्बरमा फोन गरी सहयोग माग्न त्यहाँ रहेका नेपालीलाई अनुरोध गरिएको छ ।

Share News