काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार (साउन २ गते)का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको खरिद दर १३३.४४ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.०४ रुपैयाँ तोकेको छ ।
आज युरोपियन युरो एकको खरिददर १४५.४० रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.०५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.९६ रुपैयाँ र बिक्रीदर १७३.७४ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९.९४ रुपैयाँ र बिक्रीदर ९०.३४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.५१ रुपैयाँ र बिक्रीदर ९७.९५ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.५९ रुपैयाँ र बिक्रीदर ३६.७६ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.५८ रुपैयाँ र बिक्रीदर ३५.७४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३३ रुपैयाँ र बिक्रीदर ३६.४९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.५४ रुपैयाँ र बिक्रीदर २८.६७ रुपैयाँ तोकिएको छ ।