लिलादेवी गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी

<p>काठमाडौं । सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ । प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएपछि सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले गड्तौलालाई कामु मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । कर्मचारी प्रशासन प्रमुखको जिम्मेवारी पाउने गड्तौला पहिलो सचिव हुन् । २०७७ कात्तिक २७ गते सचिवमा बढुवा [&hellip;]</p>

काठमाडौं । सरकारले निमित्त मुख्यसचिव लिलादेवी गड्तौलालाई कायम मुकायम मुख्यसचिवको जिम्मेवारी दिएको छ ।

प्रधानमन्त्रीमा केपी ओली नियुक्त भएपछि सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले गड्तौलालाई कामु मुख्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

कर्मचारी प्रशासन प्रमुखको जिम्मेवारी पाउने गड्तौला पहिलो सचिव हुन् ।

२०७७ कात्तिक २७ गते सचिवमा बढुवा भएकी उनलाई यसअघिको सरकारले निमित्त मात्रै बनाएको थियो ।

मुख्य सचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रस्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता भएसँगै स्वतः पदबाट निलम्बित भएका थिए ।

त्यसपछि गौड्तौलाले निमित्तका रूपमा काम गर्दै आएकी थिइन् ।

Share News