काँग्रेसभित्रका ६ भाईको बैठक : चार मन्त्री पाउनु पर्ने दाबी

<p>काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला नेतृत्वको गुट बैठक बसेको छ । आफ्नो समूहबाट क–कसलाई मन्त्रीका रुपमा सरकारमा पठाउने भन्ने विषयमा छलफल गर्न सो बैठक बसेको हो । कांग्रेस–एमाले गठबन्धनको तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएसँगै कांग्रेसको शेखर समूहले सरकारमा पठाउने मन्त्रीबारे टुंगो लगाउन छलफल गरेको हो [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला नेतृत्वको गुट बैठक बसेको छ । आफ्नो समूहबाट क–कसलाई मन्त्रीका रुपमा सरकारमा पठाउने भन्ने विषयमा छलफल गर्न सो बैठक बसेको हो ।

कांग्रेस–एमाले गठबन्धनको तर्फबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएसँगै कांग्रेसको शेखर समूहले सरकारमा पठाउने मन्त्रीबारे टुंगो लगाउन छलफल गरेको हो ।

बैठकमा कांग्रेसले पाउने कुल सिटमध्ये चार मन्त्री शेखर पक्षले माग गर्ने निर्णय गरेको छ । बैठकमा कोइरालासहित महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडु, डा. मिनेन्द्र रिजाल र डा.चन्द्र भण्डारी सहभागी थिए ।

Share News