स्वर्णिमले पटक-पटक फोन गरेर कुट्ने धम्की दिए : मुकुल ढकाल

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका हुन् । ढकालले वाग्लेको सचिवालयबाट पटक-पटक फोन गरिएको र आफूसँग बस्ने भाइलाई फोन गरेर कुट्ने धम्की दिएको आरोप लगाएका हुन् । स्वर्णिम वाग्लेको [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले आफूलाई उपसभापति स्वर्णिम वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् वाग्लेले कुट्ने धम्की दिएको आरोप लगाएका हुन् ।

ढकालले वाग्लेको सचिवालयबाट पटक-पटक फोन गरिएको र आफूसँग बस्ने भाइलाई फोन गरेर कुट्ने धम्की दिएको आरोप लगाएका हुन् ।

स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइनँ । मसँगै बस्ने भाइलाई फोन गरेर मुकुललाई कुट्छु, त्यसलाई छोड्दिनँ लगायत अनेक भनेकाले, हिजै राति इलाकाको डिएसपीलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु,’ उनले लेखेका छन् ।

Share News