सिद्धार्थ बैंकको पोखराको शाखा स्थानान्तरण

<p>काठमाडौं, १४ माघ । सिद्धार्थ बैंकले पोखराको सभागृहस्थित आफ्नो शाखा कार्यालयलाई पोखराको लेकसाइडमा स्थानान्तरण गरेको छ । शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखे र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले संयुक्त रुपमा गरेका हुन् । बैंकले यस शाखा मार्फत् आफ्ना ग्राहकहरुलाई अझै छिटो, छरितो र सर्वसुलभ ढंगले आधुनिकतम बैंकिङ [&hellip;]</p>

काठमाडौं, १४ माघ । सिद्धार्थ बैंकले पोखराको सभागृहस्थित आफ्नो शाखा कार्यालयलाई पोखराको लेकसाइडमा स्थानान्तरण गरेको छ । शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका सदस्य दिनेश शंकर पालिखे र बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेलले संयुक्त रुपमा गरेका हुन् । बैंकले यस शाखा मार्फत् आफ्ना ग्राहकहरुलाई अझै छिटो, छरितो र सर्वसुलभ ढंगले आधुनिकतम बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

Pokhara-Branch-Opening

सिद्धार्थ बैंकले हाल ६१ शाखा, २ एक्स्टेन्सन काउन्टर, ६८ शाखारहित बैंकिंग सेवा केन्द्र तथा ८२ ए.टी.एम मार्फत् ग्राहकहरुलाई बैंकिंङ सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको पौष मसान्तको वित्तिय विवरण अनुसार बैंकको निक्षेप ७४ अर्ब ९३ करोड रुपैयाँ र कर्जा ६२ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकको खुद मुनाफा ७२ करोड ६० लाख रुपैयाँ रहेको छ ।

Share News