ढल्यो प्रचण्ड नेतृत्वको सरकार

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको हो । संसदमा उपस्थित २५८ जना सांसदहरूमध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ जनाले मात्रै मत दिएका थिए । विश्वासको विपक्षमा १९४ जनाले मत दिएको सभामुख देवराज घिमिरेले जानकारी दिए । २०७९ पुस ११ गते तेस्रो [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।

संसदमा उपस्थित २५८ जना सांसदहरूमध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ जनाले मात्रै मत दिएका थिए । विश्वासको विपक्षमा १९४ जनाले मत दिएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

२०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुत्त भएका प्रधानमन्त्री प्रचण्डले चौथो पटकसम्म विश्वासको मत पाउन सफल भए पनि आज पाँचौं पटक असफल भएका हुन् ।

शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत राखेको प्रस्ताव अस्वीकृत भएकाले उनी पदबाट मुक्त भएका हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी असार ३० गते आईतबार अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

Share News