नारायणगढ-मुग्लिन खण्डको सिमलतालमा पहिरोले २ बस बगायो, खोजी गर्दै प्रहरी

<p>चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ । घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौं जाँदै [&hellip;]</p>

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतामा लेदोसहितको पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा बेपत्ता भएको छ । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ ।

घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।

उनका अनुसार काठमाडौंबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौं जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् ।

प्रारम्भीक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए ।

उनले भने, ‘हामी घटनास्थलमा छौँ, पानी परिरहेकाले छ, उद्धारको काम थालिएको छ, पहिरो पन्छाउन सुरु गरिएको छ ।’

उनले यकिन विवरण भने आई नसकेको बताए ।

Share News