सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने

<p>काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन तत्काललाई राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले तत्काललाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने निर्णय गरेको हो । वर्षा, बाढी र पहिरोका कारण परिचयपत्र बनाउन कठिन भएकाले अहिलेलाई राष्ट्रिय परिचयपत्र विनै भत्ता वितरणको व्यवस्था मिलाउन गृह मन्त्रायललाई पत्राचार गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा [&hellip;]</p>

काठमाडौं । सामाजिक सुरक्षा भत्ता लिन तत्काललाई राष्ट्रिय परिचयपत्र नचाहिने भएको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले तत्काललाई सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र नचाहिने निर्णय गरेको हो ।

वर्षा, बाढी र पहिरोका कारण परिचयपत्र बनाउन कठिन भएकाले अहिलेलाई राष्ट्रिय परिचयपत्र विनै भत्ता वितरणको व्यवस्था मिलाउन गृह मन्त्रायललाई पत्राचार गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

यसअघि सरकारले २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमाका लागि साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

यस्तै, सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप गरेको छ। दुवै आयोगको म्याद २०८२ असार मसान्तसम्म थप गर्न बाधा अडकाउ फुकाउको सूचना राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।

Share News