रामेछापबाट चार वटा ट्रकमा लोड गरी ल्याइएको ३२ लाख बढीको काठ नियन्त्रणमा

<p>धरान । धरानमा चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ नियन्त्रणमा लिइएको छ । बुधबार रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगका नाममा लगिँदै गरेको काठ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको धरान सबडिभिजन वन कार्यालय प्रमुख धर्मनाथ यादवले जानकारी दिए । रामेछापबाट बा प्र ०१००६ ख २१११, बा प्र ०१००६ ख ३३४९, म प्र ०३००२ ख ००९५ [&hellip;]</p>

धरान । धरानमा चारवटा ट्रकसहित अवैधरूपमा लगिँदै गरेको खयरको काठ नियन्त्रणमा लिइएको छ ।

बुधबार रामेछापबाट सुनसरीको धरानस्थित सूर्य कत्था उद्योगका नाममा लगिँदै गरेको काठ नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको धरान सबडिभिजन वन कार्यालय प्रमुख धर्मनाथ यादवले जानकारी दिए ।

रामेछापबाट बा प्र ०१००६ ख २१११, बा प्र ०१००६ ख ३३४९, म प्र ०३००२ ख ००९५ र क प ०२००१ ख ०४१९ नम्बरको ट्रकमा लगिँदै गरेको काठमा कैफियत देखिएपछि प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको निर्देशन र प्रहरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको उनले बताए।

करिब ३२ लाख मूल्य बराबरको ९ सय ८९.३२ किबी खयरको काठबारे डिभिजन वन कार्यालय रामेछापले नै शंका व्यक्त गरेपछि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कार्यालय प्रमुख यादवले बताए ।

‘नियन्त्रणमा लिइएको काठ धरानको तीनकुनेमा जाँच गर्ने क्रममा बाटोमै सिल खोलिएको पाइएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ । जिल्ला प्रशासन र प्रहरीको रोहबरमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।

प्रमुख जिल्ला अधिकारी तिवारीले ट्रकमा अवैध काठ भित्रिएको सूचना पाएपछि वन कार्यालय तथा प्रहरी परिचालन गरी नियन्त्रणमा लिइएको र हाल सुरक्षा अधिकारीहरूले थप अनुसन्धान गरिरहेका जानकारी दिए ।

Share News