२.८४ प्रतिशतले बढ्यो तलब

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को जेठसम्म तलब तथा ज्यालादर सूचकांक २.८४ प्रतिशतले बढेको छ । बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको जेठसम्मको तथ्यांक अनुसार तलब तथा ज्यालादर सूचकांक २.८४ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक १०.१४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः १.०५ प्रतिशत र ३.३६ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

Share News