काठमाडौैं । प्रधानमन्त्री पुष्पकमल दाहललाई विश्वासको मत नदिन नेकपा एमालेले ह्वीप लगाएको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेका हुन् ।
प्रधानमन्त्री दाहाल २८ गते शुक्रबार विश्वासको मत लिने तयारीमा छन् ।
कांग्रेस र एमालबीच नयाँ सत्ता समीकरण बनाउने सहमतिसँगै एमाले र जसपाले समर्थन फिर्ता लिँदै सरकार छाडेपछि प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन् । कंग्रेस र एमालेले उनलाई राजीनामा दिन दबाब दिए पनि दाहालले विश्वास मत लिन लागेका हुन् ।