काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई जिम्मेवारीबाट हटाएको छ ।
मंगलबार बिहान बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको थियो ।
अब उनी पार्टीको साधारण सदस्य मात्र रहनेछन् । यस्तै, पार्टीले उनलाई पुनरावेदनका लागि ३५ दिनको समय दिएको छ ।
यसअघि गत बुधबार सात दिनका लागि ढकाललाई निलम्बन गरिएको थियो। बुधबारको बैठकमा ढकाल मुखमा मास्क र कालो टेप लगाएर पुगेका थिए ।