बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ५ मन्त्रीले बुझाए राजीनामा

<p>मकवानपुर । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र नेतृत्वमा रहेको बागमती सरकारबाट एमाले बाहिरिएको हो । सोमबार बिहान समर्थन फिर्ता लिएसँगै एमालेबाट मन्त्री रहेका ५ जनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका छन् । एमालेबाट सरकारमा आर्थिक मामिलामन्त्रीमा जगन्नाथ थपलिया, उद्याेग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा [&hellip;]</p>

मकवानपुर । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र नेतृत्वमा रहेको बागमती सरकारबाट एमाले बाहिरिएको हो ।

सोमबार बिहान समर्थन फिर्ता लिएसँगै एमालेबाट मन्त्री रहेका ५ जनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका छन् ।

एमालेबाट सरकारमा आर्थिक मामिलामन्त्रीमा जगन्नाथ थपलिया, उद्याेग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए ।

एमाले सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेकामुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मतको मिति भने तय भएको छैन ।

Share News