आजदेखि एकीकृत कारोबार गर्दै समता घरेलु र मनकामना स्मार्ट लघुवित्त

<p>काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र मनाकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट एकीकृत कारोबार सुरु गर्दैछ । गत जेठ २९ गते काभ्रेपलाञ्चोक बनेपा-७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर-५ मा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई आपसमा गाभिन [&hellip;]</p>

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र मनाकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट एकीकृत कारोबार सुरु गर्दैछ ।

गत जेठ २९ गते काभ्रेपलाञ्चोक बनेपा-७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर-५ मा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई आपसमा गाभिन नेपाल राष्ट्र बैंकले गत जेठ २९ गते, नेपाल धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते स्वीकृती प्रदान गरेको थियो ।

मर्जरपछिको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा-७ मा रहनेछ ।

यस्तै, डाटा माइग्रेसनका लागि असार २३ गतेदेखि दुबै कम्पनीले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द गरेका थिए ।

Share News