बाढीपहिरोका कारण भएको धनजन क्षतिप्रति महासंघद्वारा दुःख व्यक्त, पीडितलाई क्षतिपूर्ति दिन माग

<p>काठमाडौं । विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठूलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ । आइतबार अपील जारी गर्दै महासंघका महासचिव रोशन दाहालले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । बाढी पहिरोका कारण [&hellip;]</p>

काठमाडौं । विगत केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशका विभिन्न भागमा भएको धनजनको ठूलो क्षतिप्रति नेपाल निर्माण व्यवसायी महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

आइतबार अपील जारी गर्दै महासंघका महासचिव रोशन दाहालले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

बाढी पहिरोका कारण घाइते भएका सर्वसाधारण सहित क्षतिग्रस्त परियोजनाका सम्बन्धित् निर्माण कम्पनीहरू/व्यवसायीहरूलाई यथाशीघ्र राहत उपलब्ध गराउन महासचिव दाहालले विज्ञप्ति मार्फत् सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

साथै विपतको यस घडीमा देशभरका अवरुद्ध राजमार्ग तथा बाटाघाटा सुचारु गर्नका लागि सम्बन्धित सबै निकायलाई आ—आफ्ना यन्त्र उपकरण उपलब्ध गराइ सहयोग गर्न हुन महासंघले देशभरका निर्माण व्यवसायीहरूलाई अपील गरेको छ ।

पीडित नागरिकको उद्धार र राहतमा सक्रिय हुन समेत सरकार समक्ष अपील गर्दै महासंघले सरकारको यस अभियानमा सक्रियरूपमा सहभागी हुन सबै सदस्यहरूलाई अनुरोध गरेको छ ।

Share News