सप्तकोशीका ५६ वटै ढोका खोलियो, हाई अलर्ट जारी

<p>काठमाडौं । सप्तकोशीमा पानीको बहावले सीमा नाघेपछि पुगेसँगै हाइ अलर्ट जारी गरिएको छ । आइतबार बिहानदेखि नै सप्तकोशीमा पानीके बहाव बढ्ने क्रम जारी छ । कोशीमा अझै पानीको बहाव बढ्ने अनुमान रहेको र सबै ५६ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । उाले पानीको बहाव तीन लाख ५० [&hellip;]</p>

काठमाडौं । सप्तकोशीमा पानीको बहावले सीमा नाघेपछि पुगेसँगै हाइ अलर्ट जारी गरिएको छ ।

आइतबार बिहानदेखि नै सप्तकोशीमा पानीके बहाव बढ्ने क्रम जारी छ । कोशीमा अझै पानीको बहाव बढ्ने अनुमान रहेको र सबै ५६ वटा ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।

उाले पानीको बहाव तीन लाख ५० हजार भन्दा माथि पुगिसकेपछि भारतीय पक्षसँग कुरा गरेर ५६ वटै ढोका खुला गरिएको बताए । अवस्था सामान्य भए पनि कोशीमा पानी अझै बढ्नसक्ने भएकाले उच्च सतर्कता अपनाइएको उनले जानकारी दिए ।

‘पानीको बहाव बढ्दै गइसकेपछि हामीले ३ लाख ५० हजारभन्दा माथि पानी पुगिसकेपछि भारतीय पक्षसँग पनि कुरा गरेर कुनै पनि जोखिम नहोस् भनेर ५६ वटै ढोका खोलेका छौँ, पानी बढिरहेको अवस्था छ,’ उनले भने, ‘अझै केही बढ्नसक्छ भन्ने अनुमान छ, काशी नदीको बहाव उच्च शतर्कतामा पुगेको अवस्था छ, हामीले हिजोदेखि नै हाम्रो तटिय भेगमा बस्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेका छौँ, प्रशासन हर तरहले अलर्ट छ, सबैले नियाल्नुपर्ने अवस्था छ ।’

उनले शनिबारबाटै तटीय भेगमा बस्ने नागरिकलाई शतर्क रहन आग्रह गरेको र प्रशासन सम्पूर्ण रूपमा तयारीमा रहेको बताए ।

Share News