२८ निर्माण व्यवसायी एवं आपूर्तिकर्ता कालोसूचीमा

<p>काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालयले २८ निर्माण व्यवसायी एवं आपूर्तिकर्तालाई कुनै पनि सार्वजनिक निकायको खरीदमा भाग लिन नपाउने गरी कालोसूचीमा राखेको छ। कार्यालयले आइतबार एक सूचना प्रकाशन गरी विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो । कार्यालयले सार्वजनिक गरेको सूतनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको [&hellip;]</p>

काठमाडौं । सार्वजनिक खरीद अनुगमन कार्यालयले २८ निर्माण व्यवसायी एवं आपूर्तिकर्तालाई कुनै पनि सार्वजनिक निकायको खरीदमा भाग लिन नपाउने गरी कालोसूचीमा राखेको छ।

कार्यालयले आइतबार एक सूचना प्रकाशन गरी विभिन्न कम्पनीलाई कालोसूचीमा राखेको जनाएको हो ।

कार्यालयले सार्वजनिक गरेको सूतनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको उल्लेख छ ।

कार्यालयले ५ वटा निर्माण कम्पनीलाई ३ वर्ष, ४ निर्माण कम्पनीलाई साढे २ वर्ष, ५ निर्माण कम्पनीलाई २ वर्ष, ४ निार्मण कम्पनीलाई डेढ वर्ष, २ निर्माण कम्पनीलाई १३ महिना र अन्य ८ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालोसूचीमा राखेको छ ।

Share News