ओलीलाई बालेनको झापड : बाढीको जोखिममा रहेका २ हजार परिवारलाई गिरिबन्धुमा राख्नुस्

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बाढीको जोखिमको विषय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडेका छन् । उनले शनिबार साँझ सामाजिक सञ्जालमार्फत् ओलीलाई बाढीको जोखिममा रहेका २ हजार परिवारलाई गिरिबन्धु टि स्टेटमा लगेर व्यवस्थापन गर्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘काठमाडौंमा लगभग २ हजार परिवार खोला छेउमा बस्ने गरेका छन्, [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बाढीको जोखिमको विषय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जोडेका छन् । उनले शनिबार साँझ सामाजिक सञ्जालमार्फत् ओलीलाई बाढीको जोखिममा रहेका २ हजार परिवारलाई गिरिबन्धु टि स्टेटमा लगेर व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘काठमाडौंमा लगभग २ हजार परिवार खोला छेउमा बस्ने गरेका छन्, तपार्इं (ओली)ले पचाउँन खोज्नु भएको गिरिबन्धुमा यस्ता १५ हजार परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री पनि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

यस्तै, उनले बाढीको जोखिममा रहेकाहरुसँग भोटको राजनीति भएको पनि उल्लेख गरेका छन् । उनले ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्न नहुने पनि बताएका छन् । बालेनले जोखिममा रहेकाहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई अझैं ३० बर्ष पनि झुलाउने भन्ने प्रश्न पनि गरेका छन् ।

पछिल्लो समय बालेनले ओलीलाई समाजिक सञ्जालमार्फत् विभिन्न टिप्पणी गर्दै आएका छन् । विशेष गरेर उनले ओलीलाई गिरिबन्धुसँग जोडेर प्रहार गरिरहेका हुन्छन् ।

यस्तो छ उनको स्टाटसः

माननीय केपी ओलीज्यू,

आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

Share News