तोलामा १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार १६ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुनपनि १६ सयले बढेर प्रतितोला १ लाख ४३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News