राजीनामा बुझाउँदै रास्वपाका मन्त्रीहरू

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले पदबाट राजीनामा दिने भएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनीहरूले राजीनामा दिन लागेका हुन् । एमालेका मन्त्रीहरूले राजीनामा दिएको भोलिपल्ट रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाउन लागेका हुन् । रास्वपाका तर्फबाट सरकारमा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले पदबाट राजीनामा दिने भएका छन् । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनीहरूले राजीनामा दिन लागेका हुन् ।

एमालेका मन्त्रीहरूले राजीनामा दिएको भोलिपल्ट रास्वपाका मन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा बुझाउन लागेका हुन् ।

रास्वपाका तर्फबाट सरकारमा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

एमाले र कांग्रेसले नयाँ गठबन्धन बनाई सरकार गठनको प्रयास गरेका छन् । रास्वपाले नयाँ गठबन्धनको सरकारमा भने सहभागी नहुने बताएको छ ।

Share News