रास्वपा महामन्त्री मुकुल ढकाल निलम्बित

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री पदबाट मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गरेको हो । ढकाललाई निलम्बन गर्ने पार्टी अनुशासन आयोगको सिफारिसलाई अनुमोदन गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिए । यसअघि नयाँ महामन्त्रीमा हालका प्रमुख सचेतक सन्तोष [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री पदबाट मुकुल ढकाललाई निलम्बन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गरेको हो ।

ढकाललाई निलम्बन गर्ने पार्टी अनुशासन आयोगको सिफारिसलाई अनुमोदन गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

यसअघि नयाँ महामन्त्रीमा हालका प्रमुख सचेतक सन्तोष परियारको सम्भावनाबारे चर्चा भएको थियो । यद्यपि, बैठकले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ । सहप्रवक्ता रहेका मनिष झा प्रवक्ता तोकिएका छन् ।

महामन्त्री ढकालले अभद्र, अशोभनीय, अमर्यादित र अनुशासहीन व्यवहार गर्नुका साथै पार्टीको छविमा प्रतिकुल प्रभाव पार्ने अभिव्यक्ति दिएकाले निलम्बन गरिएको रास्वपाको भनाइ छ ।

बुधबार बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै महामन्त्री ढकाल मुखमा कालो टेप बाँधेर केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए । ढकालले ३८ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएपछि विवाद सतहमा आएको थियो ।

Share News