असई थमन विकको हत्या आरोप लागेका पूर्वसांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

<p>महोत्तरी । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पक्राउ परेका मधेश प्रदेश पूर्वसांसद कौशल यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेशवरी घिमिरेको इजलाशले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा र आगजनी मुद्दा ५ हजार धरौटी राख्ने निर्णय गरेको हो । मधेश आन्दोलनमा मारिएका सशस्त्र [&hellip;]</p>

महोत्तरी । महोत्तरी जिल्ला अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा पक्राउ परेका मधेश प्रदेश पूर्वसांसद कौशल यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालत महोत्तरीका न्यायाधीश फनेशवरी घिमिरेको इजलाशले कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा र आगजनी मुद्दा ५ हजार धरौटी राख्ने निर्णय गरेको हो ।

मधेश आन्दोलनमा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा लामो समयदेखि फारार रहेका पूर्वसांसद यादवलाई गत शनिबार राति पक्राउ गरिएको थियो ।

२०७२ भदौ २५ गते सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक विकलाई मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गर्दा मृत्यु भएको थियो ।

Share News