सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज तामाङविरुद्ध पूरक अभियोगपत्र दायर

<p>काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी हिनामिनामा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध प्रहरीले पूरक अभियोगपत्र दायर गरेको छ । जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले तामाङविरुद्ध पूरक अभियोजन दर्ता गरेको हो । तामाङ र केशवलाल श्रेष्ठलाई प्रतिवादी बनाई सीआईबीले ७ करोड ८८ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । यसअघिकै मुद्दामा तामाङ हाल [&hellip;]</p>

काठमाडौं । सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी हिनामिनामा पूर्वसांसद इच्छाराज तामाङविरुद्ध प्रहरीले पूरक अभियोगपत्र दायर गरेको छ ।

जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौंले तामाङविरुद्ध पूरक अभियोजन दर्ता गरेको हो ।

तामाङ र केशवलाल श्रेष्ठलाई प्रतिवादी बनाई सीआईबीले ७ करोड ८८ लाख ४४ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ । यसअघिकै मुद्दामा तामाङ हाल डिल्लीबजार कारागारमा छन् ।

यसअघि उनीविरुद्ध चार वर्षअघि ५ अर्ब ६७ करोड रुपैयाँ ठगी गरेको अभियोगमा मुद्दा दायर भएको थियो ।

Share News