काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचार नियन्त्रण गर्न सबैभन्दा बलियो कानुन कांग्रेसले बनाएको भन्दै भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन्।
बुधबार कांग्रेस बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले गृहमन्त्री लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका हुन् ।
भ्रष्टाचारको फाइल खालेकै कारण सरकार परिवर्तन भएको गृहमन्त्रीको टिप्पणीको जवाफ दिँदै उनले अहिले पनि वर्तमान सरकार कायमै रहेकाले अन्य भ्रष्टाचारका फाइल खोल्न सुझाव दिए ।
शर्माले एमालेसँग भएको सात बुँदे सहमतिले मुलुकलाई स्थीरता र समृद्धिको बाटोतर्फ अघि बढाउने दाबी गरे ।
उनले संविधान संशोधनका लागि दुईतिहाई चाहिने भएकाले सबै दलहरूसँग छलफल र सहकार्य गर्ने बताए ।