मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

<p>काठमाडौं । राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले आग्रह गरेको छ । बुधबार बिहान बसेको कांग्रेस मार्गप्रशस्त गर्दा उपयुक्त हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए । ‘ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ,’ उनले भने, ‘बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको [&hellip;]</p>

काठमाडौं । राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली कांग्रेसले आग्रह गरेको छ ।

बुधबार बिहान बसेको कांग्रेस मार्गप्रशस्त गर्दा उपयुक्त हुने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

‘ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ,’ उनले भने, ‘बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ ।’

बैठकले कार्य सम्पादन समितिको बैठकले नेकपा एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने समझदारीलाई अनुमोदन गरेको छ ।

पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने जानकारी महतले दिए । त्यसपछि दोस्रो चरणमा निर्वाचन सम्पन्न नभएसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उनले बताए ।

त्यसैगरी बैठकले पार्टी सभापति देउवाले पार्टीको भ्रातृ संगठन र निर्देशक समितिको म्याद थप गर्ने निर्णयलाई पनि अनुमोदन गरेको कांग्रेसले जनाएको छ ।

Share News