काठमाडौं । काठमाडौंको सोह्रखुट्टे-बालाजु सडक भासिएको छ ।
बुधबार सोह्रखुट्टे-बालाजु सडक खण्डमा करिव ११ फिट गहिरो खाल्डो परेको हो । सडक भासिएसँगै यातायात आवागमनमा असर परेको छ ।

बुधबार बिहान काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडि परेको खाल्डोमा एउटा मोटरसाइकल समेत खसेको थियो । अहिले भासिएको ठाउँमा घेरा हालेर मर्मतको तयारी गरिएको छ ।
