कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आज, यस्ता छन् मुख्य एजेण्डा

<p>काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा बुधबार बस्दैछ । सभा वीरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्ष ०७९/८० को सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदनसहित आव ०७८/७९ को वासलात, नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको वार्षिक साधारण सभा बुधबार बस्दैछ । सभा वीरगञ्जमा रहेको बैंकको प्रधान कार्यालयमा बिहान सवा ७ बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्ष ०७९/८० को सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदनसहित आव ०७८/७९ को वासलात, नाफा नोक्सान, नगद प्रवाहलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभाले चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३२ गते बुक क्लोज गरिसकेको छ ।

Share News