यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

<p>काठमाडौं । देशभरि साधारणदेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा र कोशी, मधेस, कर्णाली र सुदूपश्चिम प्रदेशका धेरै ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो पानी परिरहेको कपिलवस्तु, सल्यान, रोल्पा, जाजरकोट, हुम्ला, जुम्ला, बाजुरा, अछाम दार्चुला, डडेलधुरा, कैलाली, [&hellip;]</p>

काठमाडौं । देशभरि साधारणदेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा र कोशी, मधेस, कर्णाली र सुदूपश्चिम प्रदेशका धेरै ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो पानी परिरहेको कपिलवस्तु, सल्यान, रोल्पा, जाजरकोट, हुम्ला, जुम्ला, बाजुरा, अछाम दार्चुला, डडेलधुरा, कैलाली, बर्दीया, स्याङ्जा, गुल्मी, म्याग्दी, लमजुङ लगायतका जिल्लामा रहेका खोला र नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यस्तै, दोलखा र महोत्तरीमा पनि पानी परिरहेको छ । कैलालीको कान्द्रा नदीले सतर्कता तह पार गरेको र अझै बढ्दो क्रममा रहेकोले त्यहाँ उच्च सतर्कता अपनाउन महाशााखले अनुरोध गरेको छ ।

यस्तै लमजुङको खुदीबजार, बेसीसहर र आसपासका क्षेत्रमा भारी वर्षा भएकोले खुदी खोला लगायत यो क्षेत्र भइ बहने स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ ।

आज पनि बागमती र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बाँकी प्रदेशमा कही भारी र कही अति भारी वर्षा हुने पूर्वानुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Share News