प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतको आदेश

<p>काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश दिएकाे हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना हाल पुर्पक्षका [&hellip;]</p>

काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश सकुन्तला कार्कीको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश दिएकाे हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जना हाल पुर्पक्षका लागि थुनामा छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको छ ।

Share News