एक महिना सरकारमै बस्ने प्रचण्डको रणनीति, विश्वासको मत लिने

<p>काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने तयारी गरेका छन् । नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन भए पनि राजीनामा नदिएर संसदको सामना गर्ने योजना उनले बनाएका हुन् । आज बिहान नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले राजीनामा नदिने जानकारी गराएका हुन् । उनले अझैं पनि एमाले र काँग्रेससँग छलफल गरेर अगाडि बढ्ने योजना [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने तयारी गरेका छन् । नेकपा एमाले र नेपाली काँग्रेसको गठबन्धन भए पनि राजीनामा नदिएर संसदको सामना गर्ने योजना उनले बनाएका हुन् ।

आज बिहान नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उनले राजीनामा नदिने जानकारी गराएका हुन् ।

उनले अझैं पनि एमाले र काँग्रेससँग छलफल गरेर अगाडि बढ्ने योजना बनाएका छन् । उनले राजीनामा नदिएर संसदमा विश्वासको मत लिने तयारी गरेका हुन् ।

यस्तै, माओवादीले मध्यरातमा दुई दल बसेर गरेको सहमतिबाट राष्ट्रिय सहमति नहुने निष्कर्ष पनि निकालेको छ ।

Share News