
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सत्ता सहकार्य गर्न प्रस्ताव गरेका छन् । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।
ओलीले प्रचण्डसँग नेपाली कांग्रेससँगको नयाँ सत्तागठबन्धनबारे जानकारी पनि गराएका छन् । एमाले र काँग्रेसबीच भागबण्डा मिलिसकेको जानकारी गराउँदै आफूहरूलाई समर्थन गर्न प्रचण्डलाई आग्रह गरेका हुन् ।
एमाले र काँग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको बुझिएको छ । पहिलो चरणमा एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको बुझिएको हो ।
प्रचण्डले भने सहकार्य गर्ने विषयमा ओलीलाई कुनै जानकारी गराएका छैनन् । तर, उनले तत्काल राजीनामा दिने योजना नबनाएको स्रोतको दाबी छ ।