सचिवलाय बैठकमा रवीले भने : राजीनामा दिँदैनौं, अन्तिम अवस्थासम्म प्रचण्डलाई साथ दिन्छौं

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तत्काल नछाड्ने रणनीति बनाएको छ । सत्ताको प्रमुख घटक नेकपा एमाले प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीले राजीनामा नदिने भएका हुन् । रास्वपा सभापति रवी लामिछानेले प्रचण्ड सरकारलाई साथ दिनका लागि अन्तिमसम्म सरकार नछाड्ने जानकारी सचिवालय बैठकमा गरेका हुन् । अहिले रास्वपाको सचिवालय बैठक [&hellip;]</p>

फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार तत्काल नछाड्ने रणनीति बनाएको छ । सत्ताको प्रमुख घटक नेकपा एमाले प्रचण्ड सरकारबाट बाहिरिए पनि रास्वपाका मन्त्रीले राजीनामा नदिने भएका हुन् ।

रास्वपा सभापति रवी लामिछानेले प्रचण्ड सरकारलाई साथ दिनका लागि अन्तिमसम्म सरकार नछाड्ने जानकारी सचिवालय बैठकमा गरेका हुन् । अहिले रास्वपाको सचिवालय बैठक जारी छ ।

बैठकमा बदलिंदो राजनीतिक परिस्थितिबारे छलफल भइरहेकाे रास्वपाले जनाएको छ । कांग्रेस र एमाले बीच सत्ता समीकरणमा समझदारी गरेपछि रास्वपा आन्तरिक छलफलमा जुटेको हो ।

कांग्रेस र एमालेले सोमबार मध्यरात आलोपालो सरकारको नेतृत्व गर्ने लगायत विषयमा समझदारी गरेका छन् ।

Share News