हवाई टिकट विक्रेता ट्राभलमाथि कानुनी धरपकड अस्वीकार्य : नाट्टा

<p>काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल समक्ष वैदेशिक रोजगार विभागले हवाई टिकट विक्रेता ट्राभल एजेन्सीमाथि कानुनी धरपकड गरेको भन्दै ध्यानाकर्षण गराएको छ । मन्त्रालयमै बसेको छलफलमा नाट्टाका अध्यक्ष कुमारमाणि थपलियाले वैदेशिक रोजगार विभागले हवाई टिकट विक्रेतामाथि टिकट बिक्री गरेकै भरमा स्पष्ट अध्ययन नै नगरी [&hellip;]</p>

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल समक्ष वैदेशिक रोजगार विभागले हवाई टिकट विक्रेता ट्राभल एजेन्सीमाथि कानुनी धरपकड गरेको भन्दै ध्यानाकर्षण गराएको छ ।

मन्त्रालयमै बसेको छलफलमा नाट्टाका अध्यक्ष कुमारमाणि थपलियाले वैदेशिक रोजगार विभागले हवाई टिकट विक्रेतामाथि टिकट बिक्री गरेकै भरमा स्पष्ट अध्ययन नै नगरी कसैले भनेको भरमा व्यवसायीहरूलाई आतंकित पार्ने हिसाबले पक्राउ पुर्जी जारी गर्ने तथा व्यावसायिक वातावरण खलबलाउने क्रियाकलाप गरेको बताए ।

श्रममन्त्री अर्यालले जवाफमा यस्तो प्रकृतिका घटनाहरू निराकरणका लागि प्रतिबद्धता जाहेर गर्दै तत्काल वैदेशिक रोजगार विभाग तथा सम्बद्ध कार्यालयहरूमा परिपत्र जारी गरी यस्ता प्रकृतिका विषयहरूमा सम्बन्धित व्यवसायी, ट्राभल एजेन्सीहरूसगँ सोधपुछ, छानबि तथा अध्ययन गरेर मात्रै आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिने बताए ।

उनले कानुनका नाममा अकारण कोही पनि व्यवसायीमाथि अवाञ्छित कार्य गर्न नहुने बताउँदै व्यवसायीहरूले समेत आधारभुत कानुनी जानकारी लिएर मात्र आफ्ना काम गर्नुपर्ने सुझाव दिए ।

भेटका क्रममा नाट्टा अध्यक्षसहितको कार्यसमिति टोलीले पर्यटन सम्बद्ध श्रम विकास प्रथा प्रवर्द्धनका लागि ७ बुँदे सुझाव पनि पेस गरेको थियो ।

Share News