काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा २४ जना कर्मचारीको दरबन्दी कटौती गरिएको छ ।
मन्त्रिपरिषद्को असार १० गतेको बैठकले मन्त्रालयले प्रस्ताव गरेको संगठन व्यवस्थापन तथा सर्वेक्षण (ओएन्डएम) मा केही हेरफेर गर्दै २४ जना कर्मचारीको दरबन्दी कटौती गरेको हो ।
मन्त्रालयका अनुसार मन्त्रालयमा कर्मचारीको दरबन्दी १ सय ७२ बाट १ सय ४८ मा झारिएको छ । उपसचिव २, शाखा अधिकृत ७, नायव सुब्बा ३, खरिदार ६, टाइप नासु २, कम्प्युटर अपरेटर २ र कार्यालय सहयोगी ३ जनाको दरबन्दी कटौती गरिएको छ ।
यस्तै मन्त्रालयमा एक जना आईटी निर्देशक (उपसचिव) को दरबन्दी थप गरिएको मन्त्रालयले जनाएको छ । सोहीअनुसार २५ वटा दरबन्दी कटौती गरेर एउटा थप्दा २४ जना कर्मचारी घट्ने भएका हुन् ।