नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले एकैपटक बोलायो दुई आर्थिक वर्षको साधारण सभा, के-के छन् मुख्य एजेण्डा ?

<p>काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी साउन ६ गते बिहान ११ बजे बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा १८औं र १९औं वार्षिक साधारण सभा बोलाएको हो । उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस [&hellip;]</p>

काठमाडौं । नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारण सभा बोलाएको छ ।

असार ३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी साउन ६ गते बिहान ११ बजे बुटवलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा १८औं र १९औं वार्षिक साधारण सभा बोलाएको हो ।

उक्त सभामा कम्पनीको सञ्चाल समितिद्वारा प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

साथै, कम्पनीले बोनस सेयर जारी गदौ कम्पनीको चुक्तापूँजी वृद्धि गर्नका लागि पूँजी वृद्धि गर्नुपर्ने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट ऋण सीमा स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिने जनाइएको छ ।

यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७९/८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्ष नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Share News