कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्छ : प्रकाशशरण महत

<p>काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।​ एक्काइसौं राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान महासङ्घले लिखु गाउँपालिका–६ नुवाकोटमा गरेको रोपाइँमा उनले यस्तो बताएका हुन् । जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।​

एक्काइसौं राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान महासङ्घले लिखु गाउँपालिका–६ नुवाकोटमा गरेको रोपाइँमा उनले यस्तो बताएका हुन् ।

जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

‘नयाँ प्रविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ,’ उनले भने, ‘जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन्, यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।’

किसानलाई मलको अभाव हुन नदिन प्राङ्गारिक मलको उत्पादन र उपभोगमा लाग्न पूर्वमन्त्री महतले किसानलाई अनुरोध गरे ।

‘किसानले रासायनिक मल खरिद गर्न धेरै लगानी र समय खर्चेका छन्,’ उनले भने, ‘गोठमै बनाउन सकिने कम्पोस्ट मल र प्राङ्गारिक झोल मल बनाउन किसानलाई सरकारको सहयोग आवश्यक छ ।’

बिउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उनले बताए ।

Share News