टेरामक्स प्रविधिले कल बाइपास गरेर वार्षिक रुपमा हुने २५ अर्ब घोटाला रोकेको छ : सांसद बस्नेत

<p>काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन् । उनले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले आफूले टेरामक्स भित्राएर कल बाइपास गरेर हुने गरेको अर्बौं रुपैयाँ घोटाला रोकेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले आफूले कल बाइपास गरेर अर्बौं रुपैयाँ घोटाला हुने गरेको कुरालाई रोक्न टेरामक्स प्रविधि भित्र्याएको बताएका हुन् । उनले टेरामक्स भिओआईपी प्रकरणलाई रोक्ने विधि भएको बताए ।

कल बाइपास गरेर वार्षिक रुपमा २५ अर्ब घोटाला हुने गरेकोमा टेरामक्स प्रविधिपछि सो घोटाला रोकिएको जानकारी दिए । आफूले आँट गरेर सो विधिको शुरुवात गरेको बताए । आफूलाई यस प्रकरणमा मुछिएको भन्दै उचित समयमा आफूले बोल्ने जानकारी दिए ।

‘नेपालमात्रै एउटा यस्तो देश हो जहाँ कल बाइपास गरेर वर्षको २५ अर्ब भन्दा बढी राजस्व घोटाला नेपालमा भएको छ, २५ अर्ब वार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने, टेरामक्स नेपालमा अर्बौ रुपैयाँ राजस्व जोगाउने मन्त्र हो’, उनले भने ।

सांसद बस्नेतले एनसेल कालोबजारी गर्ने ठूलो संस्था भएको पनि बताए ।

Share News