स्रोत नखुलेको साढे ५ लाखसहित एक जना भारतीय पक्राउ

<p>पर्सा । प्रहरीले स्रोत नखुलेको साढे ५ लाख रुपैयाँ नगदसहित एक जनालाई पर्साबाट पक्राउ गरेको छ । बिहीबार दिउँसो भारत विहार वेतीया ग्राम इनर्वा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसादलाई जगरनाथपुर गाउँपालिका–५ मसिहानीबाट स्रोत नखुलेको ५ लाख ५० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टाेलीले म.प्र.०३–०२६ प ५५९२ [&hellip;]</p>

पर्सा । प्रहरीले स्रोत नखुलेको साढे ५ लाख रुपैयाँ नगदसहित एक जनालाई पर्साबाट पक्राउ गरेको छ ।

बिहीबार दिउँसो भारत विहार वेतीया ग्राम इनर्वा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसादलाई जगरनाथपुर गाउँपालिका–५ मसिहानीबाट स्रोत नखुलेको ५ लाख ५० हजार रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टाेलीले म.प्र.०३–०२६ प ५५९२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई १ हजार दरको ५ सय थान र ५ सय दरको १ सय थान रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

Share News