संसदीय छानबिन समितिद्वारा सहकारीबाट गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण माग

<p>काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल माग गरेको छ । बुधबार बसेको समिति बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित संस्थाको वर्तमान अवस्थाको बारेमा पूर्ण जानकारी माग गरेको हो । समितिका सभापति सूर्यबहादुर थापाले गोरखा मिडिया नेटवर्कसम्बन्धी फाइल मगाएको बताए । उनका अनुसार समितिको कार्यक्षेत्रअन्तर्गत [&hellip;]</p>

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले गोरखा मिडिया नेटवर्कको लगानीसम्बन्धी फाइल माग गरेको छ ।

बुधबार बसेको समिति बैठकले गोरखा मिडिया नेटवर्कमा गरिएको लगानीसहित संस्थाको वर्तमान अवस्थाको बारेमा पूर्ण जानकारी माग गरेको हो ।

समितिका सभापति सूर्यबहादुर थापाले गोरखा मिडिया नेटवर्कसम्बन्धी फाइल मगाएको बताए । उनका अनुसार समितिको कार्यक्षेत्रअन्तर्गत अनुसूची–२ मा रहेको ९ वटा सहकारीको फाइल पनि सम्बन्धित सहकारीबाट मगाइएको छ ।

सभापति थापाले सहकारी छानबिनमा समग्र अध्ययन भइरहेको भन्दै निष्पक्ष छानबिन गरिने बताए ।

Share News