स्रोत नखुलेको साढे २० लाखसहित भारतीय नागरिक पक्राउ

<p>काठमाडौं । स्रोत नखुलेका झन्डै साढे २० लाख रुपैयाँसहित भारतीय नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित भारतको बिहार राज्य मोतिहारी जिल्ला घर भई हाल काठमाडौं–१२ ब्रम्हटोल बस्ने ३८ वर्षीय निरञ्जन कुमारलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष [&hellip;]</p>

काठमाडौं । स्रोत नखुलेका झन्डै साढे २० लाख रुपैयाँसहित भारतीय नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

स्रोत नखुलेको २० लाख ४० हजार रुपैयाँसहित भारतको बिहार राज्य मोतिहारी जिल्ला घर भई हाल काठमाडौं–१२ ब्रम्हटोल बस्ने ३८ वर्षीय निरञ्जन कुमारलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट विशेष प्रहरी टोलीले अनुगनम गर्दा उक्त रकमसहित नेपाल सरकारबाट प्रतिबन्धित भर्चुअल रकम (क्रिप्टो करेन्सी) बाइनेन्समार्फत ६ करोड २६ लाख, ६९ हजार ९४७ रुपैयाँसमेत कारोबार गरेको पाइएकाले उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

Share News