लक्ष्मी सनराइज बैंकको ललितपुरमा सेवा विस्तार

<p>काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका दुई शाखाहरुमध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न. १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् । स्थानान्तरण [&hellip;]</p>

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

काठमाडौं महानगरपालिका वडा न.२२ स्थित न्युरोडमा रहेका दुई शाखाहरुमध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा न. १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

हाल लक्ष्मी सनराइज बैंकका ५९ जिल्लामा २५४ शाखा, ३१६ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

Share News