मन्त्रीले सिंहदरबारबाट निर्देशन दिने होइन, कार्यस्थल पुगेर गुनासो सुन्नुपर्छ : श्रममन्त्री अर्याल

<p>काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् । बुधबार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले मन्त्रीहरूले मन्त्रालयमा बसेर निर्देशन दिनेभन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीलाई उत्साह जगाउन आवश्यक रहेको बताएका हुन् । उनले [&hellip;]</p>

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कर्मचारीमा उत्साह जगाउन कार्यस्थलमा गएर गुनासो सुन्न आवश्यक रहेको बताएका छन् ।

बुधबार ताहचलस्थित श्रम विभागमा विभागबाट भइरहेका काम र कर्मचारीको अवस्थाको अनुगमनका क्रममा मन्त्री अर्यालले मन्त्रीहरूले मन्त्रालयमा बसेर निर्देशन दिनेभन्दा पनि कार्यस्थलको अध्ययन र अनुगमन गरी कर्मचारीलाई उत्साह जगाउन आवश्यक रहेको बताएका हुन् ।

उनले एक घन्टामा श्रम स्वीकृत गर्ने काम कार्यान्वयनमा ल्याएपछि विभागले सेवाग्राहीलाई कसरी सेवा दिइरहेको छ भन्ने विषयमा अनुगमन गर्न कार्यस्थलमा गएको बताए ।

‘एक घन्टामा श्रम स्वीकृत गर्ने काम धेरै मेहनतपछि कार्यान्वयनमा ल्याएका छौं, त्यसको प्रभाकारी कार्यान्वयन भएको छ कि छैन भन्ने अनुगमन थियो,’ उनले भने,‘कर्मचारीले अत्यन्तै शान्तरूपमा काम गर्नुभएको छ, श्रम विभागबाट हुने सेवामा सुधार भएको छ ।’

उनले एक घन्टामा श्रम स्वीकृत अनलाइनमार्फत हुने व्यवस्थाले श्रम विभागमा श्रम स्वीकृतिका लागि आउनेकाे कमी देखिएको बताए ।

‘त्यसले गर्दा सेवाग्राही विभागमा आइरहनु परेन, ठगिनु भएन,  मन्त्रीले मन्त्रालयमा बसेर निर्देशन र आदेशमात्रै दिने होइन, कार्यस्थलमा कर्मचारीको अवस्था र उहाँहरूलाई उत्साह जगाउन जरुरी छ,’ मन्त्री अर्यालले भने ।

Share News