काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल आइडलका विजेता करण परियारलाई बधाई दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले परियारलाई बधाईका साथै गितार उपहार दिएका हुन् ।
प्रधानमन्त्रीले परियारलाई बधाई दिँदै खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुख–दुःखमा आफू साथमै रहेको बताए ।
नेपाल आइडल विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने प्रधानमन्त्री प्रचण्डले ले विश्वास व्यक्त गरे ।
